मौसम: उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित देशको केहि पहाडी स्थानहरुमा वर्षा भैरहेको छ ।
देशमा पश्चिमी वायु र स्थानीय वायु र पूर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको कारणले वर्षा भएको महाशाखाले जनाएको छ।
पुर्वी भूभागमा सामान्य बदली र मध्य पहाडी भूभागमा आंशिक बदली भै अन्य वाँकी भू-भाग मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, राती भने देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस