काठमाडौं - सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने जेष्ठ नागरिक,अशक्त तथा अपांगता भएका र दृष्टिविहीन लगायत दीर्घरोगीहरुलाई घरमै गएर कोरोना खोप लगाउन सरकारको नाममा अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले अधिवक्ता प्रवेश केसीले रिटमा सुनुवाई गर्दै सो आदेश दिएको हो । 

अदालतले अशक्त,अपांग र दीर्घ रोगी तथा थला परेकाहरुको वडास्तरबाट लगत संकलन गरि घर घरमै खोप सेवा उपलब्ध गराउन आदेश जारी गरेको हो । त्यसका लागि नारिकहरुको लागत संकलन गर्न पनि आदेश दिएको छ ।