पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको हृदयघातबाट निधन
खबर एक्सप्रेस
२०८०-१०-१६ ०१:२२ मा प्रकाशित
Total Shares: 80
काठमाडौं- पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयघात भएर निधन भएको छ।
न्यायाधीश मरासिनीको मंगलबार बिहान कलंकीस्थित नेशनल अस्पतालमा उपचारको क्रममा निधन भएको हो। कलंकीस्थित आफ्नै निवासमा उनलाई हृदयाघात भएपछि बिहान साढे ८ बजे अस्पतालमा भर्ना गरिएको थियो।
उपचारका क्रममा बिहान १० बजे निधन भएको अस्पतालले जनाएको छ ।
५६ वर्षीय मरासिनी सरुवा भएर दुई दिन अघि मात्र पाटन उच्च अदालतमा हाजिर भएका थिए। उनका लागि आज गोलाप्रथाद्वारा इजलास तोकिँदै थियो।
फेसबुक पेज Like गर्नुहोस