काठमाडौं - काठमाडौंको शङ्खरापुर नगरपालिकामा एक बालकले आत्महत्या गरेका छन् । शङ्खरापुर पटापका बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका हुन् ।

गोथे तामाङका छोरा १५ वर्षीय सुनबहादुरले एउटा कागजको पानामा ‘म छिट्टै स्वर्गमा जाँदैछु, मेरो नामको सम्पत्ति सबै ठूलो भेनालाई दिनू, आमाबुवाले पनि दाइलाई मात्र पैसा दिन्छन्’ भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको हो ।

उनले सोमबार आफ्नै घरमा आत्महत्या गरेका थिए । परिवारले भने राति गुपचुपरूपमा जलाउन लाग्दा महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी चौकी नाङ्लेभारेको संयुक्त टोलीले  नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएको शव  परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।

मृतक तामाङ उनका आफ्नै जेठो भिनाजुको स्काभेटरको सहयोगीका रूपमा काम गर्ने गरेका थिए । परिवारमा चार भाइ छोरामध्ये उनी कान्छो हुन् ।घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गर्दैछ ।