घट्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७८-०५-०९ १२:१४ मा प्रकाशित
Total Shares: 370
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन बुधबार तोलामा ३ सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर १ हजार २१० रुपैयाँमा कारोबार भैरहेको छ ।

.gif)


फेसबुक पेज Like गर्नुहोस