काठमाडौं - माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बनेका तीन जना मन्त्रीहरूले मंगलबार राजीनामा दिने भएका छन्।

आइतबार माधवकुमार नेपाल पक्षका सांसदसहित बसेको एमाले संसदीय दलको बैठकले मन्त्रीहरुलाई २४ घण्टाभित्र सामूहिक राजीनामा दिन निर्देशन दिएको थियो । तर, आन्तरिक छलफलपछि भोली राजीनामा दिने निर्णय भएको स्रोतले बतायो । 

भोली दिउँसो एक बजे एमालेको संसदीय दलको बैठक बस्दैछ । त्यसअघि मन्त्रीहरुले राजीनामा दिने बताइएको छ । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेबाट प्रकाश ज्वाला, नन्दसिंह बुढा र दल रावल मन्त्री छन् ।