एमाले विधान महाधिवेशनबाट सबै प्रतिवेदन सर्वसम्मतले पारित
खबर एक्सप्रेस
२०८२-०५-२३ ०७:१० मा प्रकाशित
Total Shares: 75
काठमाडौं - नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदनहरू सर्वसम्मतले पारित भएको छ ।
ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा पार्टी अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायतले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
महाधिवेशनमा विभिन्न आयोगहरूका प्रतिवेदन पनि प्रस्तुत भएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस