मुख्यमन्त्री शाही नेतृत्वको सरकार अल्पमतमा
काठमाडौं, सुर्खेत - कर्णाली प्रदेश सरकार अल्पमतमा परेको छ । सरकारमा रहेका नेकपा एमालेका तीनै मन्त्रीहरुले राजीनामा दिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार अल्पमतमा परेको हो ।
एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहबाट मन्त्री भएका दल रावल, प्रकाश ज्वाला र नन्दसिंह बुढाले मन्त्री पदबाट राजीनामा दिएसँगै सरकार अल्पमतमा परेको हो । सामाजिक विकास मन्त्री रावलले पार्टी एकताका लागि राजीनामा दिएको बताएका छन् ।
यसअघि नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर यी तीन मन्त्रीहरु सरकारबाट बाहिरिएका थिएनन्। त्यसपछि एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले तीन दिनभित्र राजिनामा दिन निर्देशन दिएका थिए।
कर्णाली प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकार छ। कर्णाली प्रदेशको सरकार गठनमा माओवादीलाई एमालेले साथ दिएको थियो । मन्त्रीहरुले राजीनामा दिएसँगै शाही नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस