नेपाल प्रहरीका ९० जना डीएसपीको एकैसाथ सरुवा
काठमाडौं - नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकार ढलेसँगै नयाँ अन्तरिम सरकार बनेपछि नेपाल प्रहरीका ९० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को एकैसाथ सरुवा भएको छ ।
प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले गत भदौ २३ र २४ गते भएको हिंसात्मक जेन–जी आन्दोलन लगतै एसपी र डीएसपीहरूको एकैसाथ सरुवा गरेका हुन् । एकसाथ ४८ जना एसपीकाे पनि सरुवा गरिएको छ ।सरुवा हुनेहरूमा काठमाडौं उपत्यकाका बृत्तसहित विभिन्न कार्यालय र जिल्लाहरू रहेका छन् । केही जिल्लामा, इलाकामा र वृत्तमा इन्चार्ज हेरफेर भएका छन् ।
यसअघिको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधिश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ भने तीन जना मन्त्रीहरु पनि नियुक्त भइसकेका छन् । प्रधानमन्त्री कार्की अन्य मन्त्रीहरु पनि नियुक्त गर्ने तयारीमा छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस