काठमाडौं - ललितानिवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान पूरा गरेको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले केही दिनमै जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गर्ने तयारी गरेको छ । 

गृह मन्त्रालय स्रोतका अनुसार ललिता निवास जग्गा प्रकरणको विषयमा सीआईबीले गरेको अनुसन्धानबारे आइतवार साँझसम्म निर्णय गर्ने तयारी गरिएको छ ।

त्यसको केही दिनमै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठगी आरोपमा सजाय माग गर्दै दोषीमाथि जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्नेछ । 

राजधानी दैनिकबाट