काठमाडौंको चोभारमा सुक्खा बन्दरगाह निर्माण तीव्र
काठमाडौं - आयात र निर्यात व्यापार सहज बनाउने उद्देश्यले काठमाडौँको चोभारमा सुक्खा बन्दरगाह निर्माणले गति लिएको छ । जग्गा अधिग्रहण लगायतका समस्या समाधानसँगै बन्दरगाह (काठमाडौँ कन्टेनर फ्रेट स्टेसन) को निर्माण कार्यले गति लिएको सो आयोजनाले जनाएको छ ।
सुक्खा बन्दरगाह निर्माणलाई सरकारले उच्च प्राथमिकता दिएको जानकारी गराउँदै आयोजना प्रमुख युवक डङ्गोलले सन् २०२१ अप्रिलसम्म निर्माण सम्पन्न भई काठमाडौँमा सुक्खा बन्दरगाह सञ्चालनमा आइसक्नेछ भने ।
विश्व बैङ्कको ऋण सहयोगमा यो बन्दरगाह निर्माण भइरहेको हो । सन् २०१० देखि नै यो सुक्खा बन्दरगाह बनाउने सरकारी प्रयास भए पनि जग्गा अधिग्रहण, कानुुनी झन्झट तथा स्थानीयवासीको अवरोधका कारण केही समय ढिलो भएको हो । अवरोध, कोरोना महामारीले भएको बन्दाबन्दीका कारण निर्माण सम्पन्न गर्ने म्याद छ÷छ महिना गरी दुईपटक थप गर्नुपरेको उनले बताए ।
यो बन्दरगाहलाई भारतको रक्सौलबाट र चीनको केरुङबाट आउने रेलमार्ग तथा बाहिरी चक्रपथसँग जोड्ने योजना सरकारको छ ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस