बालेनले हटाए विवादित स्टाटस
खबर एक्सप्रेस
२०८०-०५-१८ ११:४४ मा प्रकाशित
Total Shares: 164
काठमाडौं-काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दुई दिनअघि फेसबुकमा लेखेको विवादित स्टाटस हटाएका छन् । उनले सोमबार बिहान उक्त स्टाटस हटाएका हुन् ।
शनिबार बेलुका मेयर शाहले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेका थिए - 'आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।'
आफ्नी श्रीमती चढेको महानगरपालिकाको गाडीलाई ट्राफिक प्रहरीले रोकेर केरकार गरेको झोकमा बालेनले फेसबुकमा उत्तेजक अभिव्यक्ति दिएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस