माओवादी स्थायी समिति बैठक आज पनि बस्दै
काठमाडौं - नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्न लागेको हो ।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रस्तुत गरेको प्रस्तावमाथि समितिका सदस्यहरूले आआफ्नो धारणा राख्नेछ ।
शुक्रबारको बैठकमा दाहालले वर्तमान परिस्थिति, पार्टीभित्रको अवस्थाबारे ब्रिफिङ गरेका थिए । अध्यक्ष प्रचण्डले राखेका एजेण्डामाथि धारणा राख्न नेताहरूलाई १०–१५ मिनेटको समय निर्धारण गरिएको छ ।
माओवादीमा पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरविरोध सार्वजनिक रुपमै छताछुल्ल भएको हो ।
पहिलो दिनको बैठकमा अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक विषयलाई सार्वजनिक रूपमै अभिव्यक्त गरेको भन्दै उपमहासचिव शर्माको कडा आलोचना गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस