प्रधानमन्त्रीका सल्लाहकारद्वय रिमाल र थापालाई कोरोना पुष्टि
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई कोरोना पुष्टि भएको छ । त्यस्तै प्रेस सल्लाहकार सूर्य थापालाई पनि कोरोना देखिएको छ । उनीहरुले सामाजिक सञ्जालमार्फत कोरोना पुष्टि भएको बताएका छन् ।
रिमालले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो जानकारी गराएका छन् ।
उनले ट्विटरमा भनेका छन्–हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ ।” थापाले पनि फेसबुकमा भनेका छन्–हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ ।”
फेसबुक पेज Like गर्नुहोस