सुपरमाई हाइड्रोको आकर्षक बोनस, छ महिनामा साढे सात करोड रुपैयाँ मुनाफा आर्जन
काठमाडौं - सुपरमाई हाइड्रो पावर जलविद्युत क्षेत्रमा अब्बल कम्पनीको रूपमा स्थापित भएको छ ।
कम्पनीले चालू आर्थिक वर्षको ६ महिनामा साढे ७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले साउनदेखि पुससम्मको अवधिमा विद्युत बिक्रीबाट १४ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीको सबै खर्च कटाउँदा कूल आम्दानीको ५० प्रतिशत मुनाफा आर्जन हुन गएको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा क्रमशः ४ करोड ५८ लाख रुपैयाँ र ४ करोड ६३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
कम्पनीले मुनाफाबाट संस्थापक सेयरधनीलाई क्रमशः ७.१५ प्रतिशत र ११.५ लाभांश वितरण गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि पनि साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ भने कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस