कोभिड–१९ काे सङ्क्रमणबाट धानबाली विशेषज्ञ बस्नेतकाे मृत्यु
खबर एक्सप्रेस
२०७८-०४-३० ०६:०८ मा प्रकाशित
Total Shares: 310
काठमाडौं - वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको कोभिड–१९ संक्रमणबाट ७१ वर्षका उमेरमा आज ओम अस्पतालमा निधन भएको छ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रूपमा सेवा पुर्याएका उनी सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्सधान केन्द्र (इरी) का अनुसन्धानमा संलग्न थिए।
नेपालमा हिउँदै धान खेतीको सुरूआत तथा असार १५ लाई धान दिवसका रूपमा मनाउने निर्णय गराउनमा उनको अथक योगदान रहेको थियो। उनका दुई छोरी र एक श्रीमती छन्।
फेसबुक पेज Like गर्नुहोस