काठमाडौं - काठमाडौंको हनुमानढोकामा एक व्यक्तिको हत्या भएको छ भने दुई जना पक्राउ परेका छन् । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि मृत भेटिएका पुरुषको हत्या भएको खुलेपछि दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धानमा मृत भेटिएका व्यक्तिको हत्या गरेको खुलेको हो । प्रहरीका अनुसार मृतक व्यक्तिको सनाखत नहुँदा प्रहरीमा जाहेरी परेको छैन ।

बिहानीपख शव फेला परेको भन्दै प्रहरीलाई खबर आएपछि परिसर काठमाडौंको र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानमा खटिएको थियो । सो क्रममा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको थियो ।