थप ३ हजार ३८३ लाई काेराेना संक्रमण, २४ को मृत्यु
खबर एक्सप्रेस
२०७८-०४-१९ ०५:३९ मा प्रकाशित
Total Shares: 245
काठमाडौं - पछिल्लो २४ घण्टामा थप ३ हजार ३८३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६३८ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ४४८ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ६ हजार ८० गर्दा ९३५ मा संक्रमण देखिएको छ।
कुल १६ हजार ७१८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।
थप २४ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित मृत्यु हुनेको संख्या ९ हजार ९ सय २२ पुगेको छ।
पछिल्लो २४ घण्टामा १ हजार ९९४ जना कोरोनाबाट मुक्त भएका छन्। योसहित निको हुनेको संख्या ६ लाख ६० हजार १ सय १६ पुगेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस