राजा वीरेन्द्रको ७५औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
खबर एक्सप्रेस
२०७६-०९-१४ ११:०० मा प्रकाशित
Total Shares: 302
काठमाडौं - स्वर्गीय राजा वीरेन्द्रको ७५औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी काण्डमा मृत्यु भएको थियो ।
सो हत्या काण्डमा राजपरिवारका ९ जना सदस्यको हत्या भएको थियो। हत्याकाण्ड अझै रहस्यमय छ । २०२८ सालमा बाबु महेन्द्रको निधनपछि राजा बनेका वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र स्थापना गर्ने, जनमत संग्रह गराउने, दक्षिण एसियाली क्षेत्रिय संगठन (सार्क) को स्थापना पनि गरेका थिए ।
त्यस्तै राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए। त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो ।
फेसबुक पेज Like गर्नुहोस