काठमाडौं - नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारीले आफ्नो पार्टीको सदस्यता नवीकरण भइसकेको दाबी गरेकी छिन् ।

पार्टी कार्यालयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै नेतृ यस्तो दाबी गरेकी हुन् ।

सञ्चारकर्मीसँग भण्डारीले सदस्यताको विषय पुरानो भइसकेको बताइन् । ‘पार्टी सदस्यताको विषय पुरानो हो,’ भण्डारीले भनिन्, ‘नवीकरण पनि भइसक्यो । तर आज यसबारेमा कुराकानी भएन ।’

ओलीसँग राष्ट्रिय राजनीतिको बारेमा मात्रै कुराकानी भएको उनले बताइन् ।