आज सुनचाँदीको मूल्य स्थिर
खबर एक्सप्रेस
२०७९-०३-२० ११:०८ मा प्रकाशित
Total Shares: 257
काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य स्थिर रहेर सोमबार पनि सोही मूल्यमा कायम भएको छ । तेजावी सुन ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी सोमबार चाँदी पनि स्थिर रहँदै प्रतितोलामा एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस