काठमाडौं - काठमाडौं उपत्यका लगायतका देशका विभिन्न भूभागमा अहिले वर्षा भइरहेको छ । नेपालको  पूर्वी र मध्य भू(भागमा मनसुनी वायु तथा पश्चिमी भू(भागमा पश्चिमी  वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार अहिले प्रदेश नं ५ का थोरै भु(भाग गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ का धेरै भुभागहरुमा  वर्षा भइरहेको छ। मंगलवार दिउँसो  सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली  रहनेछ।

महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र  प्रदेश ५ का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना छ भने सुदूर पश्चिम प्रदेश  र कर्णाली प्रदेशका का थोरै स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।यस्तै प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक(दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

मंगलवार राती  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली  रहने महाशाखाको भनाइ छ ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र  प्रदेश ५ का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना छ भने सुदुर पश्चिम प्रदेश  र कर्णाली प्रदेशका  थोरै स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक(दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

मंगलवार देशभर  धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै  प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का एक(दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको भन्दै महाशाखाले भारी वर्षाका कारण कारण ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने , पहिरो जाने , सडक तथा हवाई यातायात  समेत  प्रभावित हुने संभावना  रहेको सर्तकता अपनाउन अपिल गरेको छ । 

महाशाखाका अनुसार आज कन्काई,कोशी,कमला,बागमती,नारायणी र यसका सहायक नदीहरुमा बहाव बढ्ने तर सतर्कता तह भन्दा तलै हुने छ । 

यस्तै  पाँचथर, ईलाम, झापा, मोरङ, धनकुटा,सुनसरी,सप्तरी,सिराहा, धनुषा, महोत्तरी, रौतहट,सर्लाही,बारा, पर्सा, भोजपुर,खोटाङ,उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ उपत्यका, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, गोरखा, लमजुङ, तनहूं, कास्की, पर्वत, म्याग्दी, बागलुङ, नवलपरासी, रूपन्देही, कपिलवस्तु आसपास भई बहने स(साना खहरे खोलाहरुमा बहाव बढ्ने र केहिमा आकस्मिक बहाव पनि हुन सक्छ । महाशाखाले  यात्रा गर्दा तथा नदीतटिय क्षेत्रका कृयाकलाप गर्दा सतर्कता अपनाउन अपिल गरेको छ  ।