नेपालमा थप ३ हजार ६११ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७८-०४-१५ ०५:२९ मा प्रकाशित
Total Shares: 294
काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६११ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७८३ जनाको पीसीआर परीक्षण र ४८७८ जनाको एन्टिजेन परीक्षण गर्दा ३ हजार ६११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमण हुनेको सङ्ख्या सात लाख ५३ हजार ६३३ पुगेको छ ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ र १८१६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिलेसम्म ६ लाख ५२ हजार २६१ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ८३४ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ४ जना रहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस