एमाले स्थायी कमिटी बैठक आज
काठमाडौं - नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान ११ बजे बस्न लागेको हो । यसअघि आइतबार र सोमबार बस्ने भनिएको बैठक स्थगित हुँदै आजसम्मका लागि सरेको थियो ।
आजको बैठकमा आर्थिक वर्ष २०७८-७९ को बजेटको समीक्षा, स्पष्टीकरण सोधिएका पार्टीबाट निष्काशित माधव नेपाल पक्षका १२ जना सांसदहरूको जवाफ र कारबाहीका विषयमा छलफल हुने कार्यसूचि छ । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण पत्र पठाइएको थियो । तर, उनीहरूले कुनै जवाफ दिएका छैनन् ।
हाल भएको २ वटा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमाले पराजित भएको छ । त्यसमा नेपाल पक्षले विपक्षी उम्मेदवारलाई मतदान गरेका कारण पराजय भएको निष्कर्ष एमालेको छ ।
यसैबिच सोमबार राति अबेरसम्म याक एन्ड यति होटलमा एमालेका दोस्रो तहका नेताले पार्टीमा एकता कायम गर्ने प्रयासमा छलफल गरेका थिए । भेटवार्तामा अध्यक्ष केपी शर्मा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट नेता पाण्डेसहित घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी भएका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस