काठमाडौं – लोकसेवा आयोगले पहिलो चरणमा परीक्षा भएका र विज्ञापन खुलाएका सबै पदको परीक्षा कोभिड–१९ को महामारी साम्य भएपछि लिने भएको छ ।

लोकसेवा आयोगकी प्रवक्ता गीताकुमारी हुमागाईले आयोगले लिन बाँकी पदको परीक्षा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारी शान्त भएपछि लिइने बताइन् । 

 राजधानी दैनिकबाट