मलाई प्रदेश प्रमुखबाट हटाउनु निरंकुशताको पराकाष्टः अमिक शेरचन
काठमाडौं,पोखरा - गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका अमिक शेरचनले आफूलाई हटाउनु निरंकुशताको पराकाष्ट भएको टिप्पणी गरेका छन् । मंगलबार बिहान पोखरामा पत्रकार सम्मलेन गर्दै शेरचनले सरकारले आफूलाई बिनाकारण हटाएर निरंकुशताको पराकाष्ट देखाएको बताएका हुन् ।
प्रतिशोध साँधेर आफूले कसैलाई पनि पक्षपात नगरेको दावी गर्दै शेरचले सरकारले के कारणले गर्दा हटाइयो भन्ने प्रमाण दिनुपर्ने जिकिर गरेका छन् । शेरचनले राजनीतिक प्रतिशोध भन्दा पनि राजनीतिक दिशा नै निरंकुशतातिर गइरहेको भन्दै आफूलाई हटाउने सरकारको कदम निरंकुशताको पराकाष्ठाको सूचक भएको बताएका छन् ।
‘तिमीले यहाँनेर गल्ती गर्यौ भनेको भए कहाँ गल्ती गरेँ भनेर मैले हेर्थें होला, अब फेर्नुपर्यो भनेको भए त म राजीनामा दिन्थेँ । राजीनामा दिन पहिले लिएर गएको मान्छे हुँ । म त बस्नै नचाहेको मान्छे हुँ’ पत्रकार सम्मेलनमा शेरचनले भने ।
प्रदेश सरकारले जे ल्यायो त्यसलाई संविधान हेरेर नियममा जे उल्लेख गरेको छ, त्यही अनुसार मैले सदर गरिएको उनको भनाई छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकी प्रदेशमा सीता पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । शेरचन माओवादी केन्द्रका नेता थिए ।
फेसबुक पेज Like गर्नुहोस