काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वार्ता सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको वार्ता करिब ४ घण्टापछि सकिएको हो । आजको भेटघाट सकारात्मक भएको र शुक्रबार पुनः बस्ने सहमति भएको स्रोतले बताएको छ । 

दुई नेताबीच विगत ९ दिनसम्म बैठक बस्न सकेको थिएन । यसअघि साउन २० गते अन्तिमपटक बैठक बसेको थियो । गत साउन २१ गते अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, र प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्ना पक्षका पत्रकारसँग सम्मेलन गरेका थिए । त्यसयता ओली-प्रचण्डबीच बैठक रोकिएको थियो ।

प्रधानमन्त्री ओलीले बुधबार मात्र एक टेलिभिजन कार्यक्रममा बोल्दै ५ दिनभित्र सिनेरियो परिर्वतन हुने बताएका थिए ।