इलाम - ईलाममा शनिबार एकैदिन १७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

विराटनगरमा रहेको प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब संकलन गरी पठाइएकामध्ये १७ जनाको रिपोर्ट पोजेटिभ आएको सशस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाले जानकारी दिए ।

योसँगै ईलाममा कोरोना संक्रमित हुने कुल सशस्त्र प्रहरीको संख्या २७ पुगेको छ । एसपी थापाका अनुसार बाँकी ४० जनाको स्वाब संकलनको तयारी भईरहेको  छ भने संक्रमित सबैलाई थप उपचारको लागी मोरङको कोरोना अस्पताल लैजान लागिएको छ ।