ललितपुर -  पाटे बाघकाे छाला सहित  एक जना पक्राउ परेका छन ।  ललितपुर महानगरपालिका-९ शंखमुलस्थित डेरा गरी बस्ने सिन्धुली दुधौली घर भएका २६ वर्षीय महेश अधिकारीलाई पाटे बाघको छाला १ थान सहित  प्रहरीले पक्राउ गरेको हाे ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनको कोठामा जाँच गर्दा उक्त छाला फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।