युएईमा इरानको आक्रमण, एक जनाको मृत्यु
एजेन्सी - इजरायल र संयुक्त राज्य अमेरिकाले शनिबार इरानमा ठूलो आक्रमण गरेपछि तेहरानले बदला लिएको छ।
एपी रिपोर्टका अनुसार, इरानी क्षेप्यास्त्र आक्रमणको भग्नावशेषमा परेर संयुक्त अरब इमिरेट्स (युएई) मा एक जनाको मृत्यु भएको बताएको छ।
युएईमा लगभग ४० लाख भारतीयहरू बस्छन् भने नेपालीहरुको संख्या पनि उल्लेख्य छ। यस घटनाले खाडी क्षेत्रमा तनाव थप बढाउने संकेत गरेको बताएका छन्।
इरानको विदेश मन्त्रालयले शनिबार बिहान इजरायलबाट भएको आक्रमणले देशको भौगोलिक अखण्डता र राष्ट्रिय सार्वभौमिकतामाथि प्रहार गरेको जनाएको छ ।
यस्तै इरानले इजरायलमाथि मिसाइलको नयाँ लहर प्रहार समेत गरेको छ, जसका कारण तेल अभिभसहित इजरायलका विभिन्न सहरमा शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन्।
इजरायली सेनाले इरानबाट ठूलो संख्यामा मिसाइलहरू प्रहार भएको पुष्टि गर्दै देशभर चेतावनीका साइरनहरू बजाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस