काठमाडौं - मोटो ब्यक्तिहरु कोरोना भाइरसको उच्च जोखिममा रहने एक अध्ययनले देखाएको छ ।

बेलायतका बैज्ञानिकहरुको एक टोलीले हालै गरेको अध्ययनमा कोरोना महामारीको मारमा मोटो ब्यक्तिहरु पर्ने र कोरोना संक्रमण हुनेवित्तिकै उनीहरु गम्भीर प्रकृतीको बिरामीको शिकार भई मृत्युसम्म हुनसक्ने औंल्याइएको छ ।

बेलायतको स्वास्थ्य बिभाग एक्जीक्युटिभ एजेन्सी पब्लिक हेल्थ इंग्ल्याण्डमा गरिएको सर्वेक्षण अनुसार विश्वका थुपैं राष्ट्रहरुमा कोरोना संक्रमितहरु मध्ये मोटो ब्यक्तिहलाई बढी च्याप्नाले आइसोलेसनमा राख्ने गरेको र मृत्यु हुनेमा पनि मोटो ब्यक्तिको संख्या अत्याधिक रहेको बुझिएको छ ।

अध्ययन सार्वजनिक गर्दै बिशेषज्ञहरुको टोलीले विश्वका सर्वसाधारणलाई मोटोपन कम गर्न सुझाव पनि दिएका छन् ।

यो अध्ययन सार्वजनिक भएपछि युरोपका जनता चिन्तित भएका छन् । बेलायत भन्दा युरोपका दुई तिहाई जनता मोटो घाटो भएका कारण उनीहरु बढी चिन्तित भएका हुन् ।