पोखरा - कास्की क्षत्र नं. २ मा अहिलेसम्म २५ प्रतिशत मत खसेको छ । यहाँ उपनिर्वाचनका लागि ७१ हजार ८ सय ७१ मतदाता छन् । मतदाताहरु बिहानैदेखि लाईनमा बसेर मतदान गरिरहेका छन् । विहान ७ बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजे सम्म चल्ने छ ।

नेकपा उमेदवार विद्या भट्टराईले पोखरा ३३ भरतपोखरी स्थित शान्ती उदय मा।बिमा मतदान गरेकी छन् । यस्तै साझा पार्टीका उम्मेदवार रजनी केसीले वडा न. ४ को नवीन मा।बिमा मतदान गरिन् ।

काङ्ग्रेस उमेदवार खेमराज पौडेलले मतदान गर्न नपाए पनि बिहानैदेखि विभिन्न मतदान केन्द्रमा पुगेर मतदाता भेट्नमा व्यस्त देखिएका छन् ।

मतदान शान्तिपूर्ण तवरले भईरहेको जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले जानकारी दिए । उपनिर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।