काठमाडौं - मंगलबार सिंहदरबार भित्र राष्ट्रिय योजना आयोगका नायब सुब्बाले आत्महत्या गरेका छन् । आयोगका सुब्बा बच्चुराम केसी सोमबार राति ११ बजे कार्यालयमा गएको र त्यही विस सेवन गरि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक स्रोतले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार उनले आत्महत्या अघि लेखेको सुसाइड नोट पनि फेला परेको छ । उनले सुसाइड नोटमा ‘मेरो आफ्नै कारणले यो बाटो रोजेको हुँ यसमा कसैको पनि दोष नभएको उल्लेख गरेको प्रहरी स्रोतले बतायो । उनी मृत भेटिएको ठाउँमै विषको बट्टा र पाकेको केरा भेटिएका छन्।

घटनास्थलबाट सलफस नामको विषादीको डिब्बा र केरा बरामद गरिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा अनुसन्धानका लागि फरेन्सिक भ्यानसहितको टोलीले अनुसन्धान गरिरहेको बताइएको छ ।

राष्ट्रिय योजना आयोगस्थित घटनास्थल पुगेर फर्किने क्रममा सांसद राजन केसीले उनी ११ बजे कार्यालय छिरेको प्रहरीले जानकारी दिए । राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा करिब केसी बिहान आयोगको सभाहलमा मृत भेटिएका थिए।