कपिलवस्तुमा करेन्ट लागेर लागेर ६ वर्षिया बालिकाको मृत्यु
खबर एक्सप्रेस
२०७६-११-०१ ११:०० मा प्रकाशित
Total Shares: 365
कपिलवस्तु - कपिलवस्तु मायादेवी गाउँपालिका वडा नम्बर २ भैसकुन्डामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ। घरबाट विद्यालय जानेक्रममा बिजयकुमार पासी कि ६ वर्षिया छोरी कुसुम पासीको करेन्ट लागेर मृत्यु भएको हो।
बालिका स्थानीय श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कक्षा १ मा अध्ययनरत थिइन्। घरबाट विद्यालय जानेक्रममा स्थानीय मौलाना कायुम मुसलमानको निर्माणाधिन घरमा रहेको हेन्ड पम्पको हेन्डल छुँदा करेन्ट लागि मृत्यु भएको प्रहरीले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस