काठमाडौं - नेपाल अण्डा उत्पादक संघले अण्डाको मुल्य बृद्धि गरेको छ । हेटौंडामा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले अण्डाको मुल्य प्रतिक्रेट २५ रुपैयाँका दरले बृद्धि गरेको हो । शनिबार बिहानबाट लागु हुने गरी मुल्य समायोजन गरिएको केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए ।

यसअघि २ सय ५५ रुपैयाँ प्रतिक्रेट रहेको अण्डाको मुल्य शनिबारबाट दुई सय ८० रुपैयाँ प्रतिक्रेटमा बिक्री गरिने बैठकले निर्णय गरेको छ ।

अण्डाको मुल्य किसानले प्रतिगोटा ९ रुपैयाँ ३३ पैसा पाउँछन भने उपभोक्ताले १३ रुपैयाँमा खरिद गर्नुपर्ने छ । संघका अनुसार हेटौंडामा बसेको केन्द्रीय समितिले निर्णय गरेको मुल्य देशभर लागु हुनेछ ।