काठमाडौं - स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा युभेन्ट्सले जित हात पारेको छ ।

सिरि ए अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्ट्सले रोनाल्डोको कीर्तिमानी गोलमा एसपीएललाई २–१ गोल अन्तरले हराएको हो । करियरको सिनियरतर्फ एक हजार खेल पुरा गरेका रोनाल्डोले सिरि ए फुटबलमा लगातार ११ खेलमा गोल गर्न समेत सफल रहे ।

खेलमा जुआन कुआड्राडोको क्रसमा गोल गर्दै रोनाल्डोले ग्याब्रियल बाटिस्टुटा र फबियो क्वाग्लिआरेलाको कीर्तिमानी गोल बराबरी गरे ।

आरोन राम्सीले एक गोल थप्दै युभेन्ट्सलाई २-१ को जित दिलाएका हुन् । घरेलु टोलीका आन्ड्रे पेटाग्नालेटरले पेनाल्टीमा एक गोल फर्काएका थिए । जितसंगै युभेन्ट्सले लिगमा चार अंकको स्पष्ट अग्रता कायम गरेको छ ।