काठमाडौं - ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टि—२० क्रिकेट सिरिज अन्तर्गत आफ्नो चौथो खेलमा नेपाल ६ विकटले पराजित भएको छ ।

ओमानको अल अम्रेट क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ नेपाल ११ ओभरमै अलआउट भएको थियो । नेपालको ब्याटिङ लाइन चल्न नसकेपछि नेपालले ६४ रनको झिनो योगफल तयार पारेको थियो ।

६५ रनको लक्ष्य ओमानले ११ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो । ओपनरद्वय ईशान पाण्डे र कप्तान पारस खड्का सस्तैमा आउट भएको खेलमा नेपालले लगातार एक पछि अर्को विकेट गुमाउन पुगेको थियो ।

ओपनरद्वय ईशान २ तथा पारस ५ रनमा आउट भएका थिए । दिपेन्द्र सिंह ऐरी ११, बिनोद भण्डारी ४, आरिफ शेख २० र सन्दीप जोरा शुन्य रनमा पोलिलियन फर्किएका थिए ।

यस्तै सोमपाल कामी ८, सन्दीप लामिछाने २, करण केसी ८ तथा अभिनाष बोहरा २ रनमा आउट भएका थिए । ओमानका आमिर खालिमले सर्वाधिक ५ विकेट लिएका थिए ।