काठमाडौं,एजेन्सी - बलिउड अभिनेता सुनील शेट्टीलाई प्रतिष्ठित 'भारत रत्न डा अम्बेडकर पुरस्कार'बाट सम्मानित गरिएको छ।

उनलाई कोभिड-१९ महामारीमा राहत बाँडेर गरेको योगदानका लागि यो पुरस्कारबाट सम्मानित गरिएको हो । महाराष्ट्रका गभर्नर भगतसिंह कोश्यारीले शनिवार साँझ राजभवनमा पुरस्कारबाट शेट्टीलाई सम्मान गरेका हुन्। सम्मान समारोहमा २५ मात्र सहभागी थिए।

शेट्टीले महिला सशक्तीकरण, पशु कल्याणका लागि जागरूकता बढाउने तथा लकडाउनका क्रममा मुम्बईका डब्बावालाहरुलाई सहयोग गरेका थिए।