काठमाडौं - प्रतिकूल मौसमका कारण आन्तरिक उडानहरु प्रभावित भएका छन्।

देशभर सक्रिय हावाहुरी र खराब मौसमको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने बुद्ध एयरलाइन्स र यति एयरलाइन्सका उडानहरू प्रभावित भएका हुन् । 

मौसम प्रतिकूल बनेसँगै काठमाडौं-नेपालगन्ज रुटमा सञ्चालन हुने बुद्ध एयरलाइन्स र यति एयरलाइन्सका उडानहरू रद्द गरिएको विमानस्थलले जनाएको छ।उडानका लागि विमानमा चढिसकेका यात्रुहरूलाई पुनः फर्काइएको छ ।

यसैबीच, भैरहवा जाने यति एयरलाइन्सको उडान ढिलाइ भएको छ भने सुर्खेत जाने उडान पनि रद्द गरिएको छ ।

पश्चिमी वायु सक्रिय रहँदा लुम्बिनी प्रदेशसहित पश्चिमका विभिन्न जिल्लामा दिउँसो हावाहुरीसहित वर्षा भइरहेको छ।

चट्याङ र मेघगर्जनसमेत भएकाले विमानस्थलले उडान रद्द गरेको जनाएको छ ।