उपनिर्वाचनः रोल्पाको थवाङबाट नेकपाको विजयी यात्रा सुरु
खबर एक्सप्रेस
२०७६-०८-१४ ११:०० मा प्रकाशित
Total Shares: 495
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपनिर्वाचनको विजयी यात्रा रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर-१ बाट सुरु गरेको छ ।
थवाङ-१ को वडाध्यक्ष चयनका लागि शनिबार सम्पन्न भएको उपनिर्वाचनमा (नेकपा) विजयी भएको हो ।
उपनिर्वाचनमा नेकपाका जनकबहादुर बुढामगर वडाध्यक्ष विजयी भएका हुन् । उनले १७४ मत पाए । प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले मात्र २६ मत पाएका छन् ।
थबाङ १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको ६ असारमा निधन भएपछि यहाँ उपचुनाव भएको हो । यो वडामा कुल मतदाता १२८४ थिए । तर,२०९ मत अर्थात १६.४ प्रतिशत मात्रै खसेको थियो ।
फेसबुक पेज Like गर्नुहोस