काठमाडौं -  बलिउडमा ‘प्यार का पंचनामा’ फिल्मबाट करियर सुरु गरेका कार्तिक आर्यनले पारिश्रमिक बढाएका छन् । उनले एउटा फिल्म खेलेबापत ७ करोड भारतीय रुपियाँ लिने उल्लेख  गरेका छन् । 

एक भारतीय सुत्रका अनुसार उनी दुईवटा फिल्म ‘भूल भुलैया’ र ‘लव आजकल २’ मा काम गरिरहेका छन् । यसका साथै उनको फिल्म ‘पति, पत्नी और वो’ डिसेम्बरमा रिलीज हुँदैछ ।

‘सोनू के टीटू की स्वीटी’ को सफलतापछि कार्तिक आर्यनको फिल्मी क्षेत्रमा रफ्तार बढिरहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । उनले अब नयाँ फिल्मको लागि ७ करोड पारिश्रमिक लिने बिचारमा रहेको बताइएको छ ।

रिपोर्टका अनुसार बितेका डेढ वर्षमा उनले निकै सफल फिल्महरुमा काम गरिसकेका छन् । प्रायः फिल्मका सफल रहेका कार्तिकको ७ करोड पारिश्रमिकको माग सही भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।