किन दुःखी छन् अक्षय ?
खबर एक्सप्रेस
२०७६-०५-०२ ११:०० मा प्रकाशित
Total Shares: 578
काठमाडौं - अभिनेता अक्षय कुमार दुःखी भएका छन्।
अक्षयले आजकल अभिनेताहरू मल्टी-हिरो सिनेमामा काम गर्ने हिच्किचाउने प्रवृत्तिबाट दुःखी भएको बताएका हुन्। उनले अभिनेताहरूमा सोलो हिरोमात्र बन्ने इच्छा राख्ने बताए।
'इमानदारिताका साथ कसैको नाम नलिईकन भन्छु। हाम्रो उद्योगका हिरोहरूले २ या ३ हिरोवाला सिनेमा गर्नुपर्छ भनेर बुझेका छैनन्। उनीहरू यस्तो सिनेमा गरिरहेका छैनन्। म उनीहरू किन यसो गरिरहेका छैनन् भनेर बुझ्ने कोशिसमा छुु उनले भने।
'सबै सोलो हिरोवाला सिनेमा गर्न चाहन्छन्। यसअघिको पिढी र मेरो पिढीले यस्ता सिनेमा गर्थे। यहाँसम्मकी उनीहरूले ३ हिरोवाला सिनेमा समेत गरेका छन्', उनले अगाडि थपे।
फेसबुक पेज Like गर्नुहोस