दोलखाका विवादित प्रजिअ गृह तानिए
काठमाडौं - सेवाग्राहीसँग निरन्तर मोटो रकम लिएको घटनामा विवादित दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा तानिएको छ ।
प्रजिअ आफैले पिडकसँग निरन्तर मोटो रकम लिएर सार्वजनिक मुद्दा मिलाउँदै गरेको घटना सार्वजनिक भएसँगै शुक्रबार गृहमन्त्रालयले दोलखाका प्रमु्ख जिल्ला अधिकारीलाई गृहमन्त्रालय तानिएको हो ।
गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले दोलखाका पमुख जिल्ला अधिकारी रिजाललाई गृहमन्त्रालयमा तानिएको पुष्टि गर्नुभयो ।
त्यस्तै दोलखाका सहायक प्रमुख जिल्ला अधिकारीलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेबारी दिइएको छ । विवादित रिजाल माथि लागेको अभियोगमा अनुशन्धान गर्ने र विभागीय कारवाही गरिने नगरिने मन्त्रालयले निर्णय गर्ने प्रवक्ता शर्माले भन्नुभयो । आईतबार दोलखामा नयाँ प्रमुख जिल्ला अधिकारी पठाउने तयारी गृहले गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस