काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

संघीय संसदको वर्षे अधिवेशन अन्त्य गरेसँगै असन्तुष्ट बनेका अध्यक्ष प्रचण्ड यस विषयमा छलफलका लागि शीतलनिवास पुगेको स्रोतले बताएको छ । बालुवाटारमा पार्टीको आन्तरिक छलफल उनी शीतलनिवास पुगेका हुन् ।

पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बिहानमात्रै राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए ।