काठमाडौं - पाकिस्तानमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । पछिल्लो रिपोर्ट अनुसार पाकिस्तानमा संक्रमितको संख्या एक हजार कटेको छ । त्यस्तै मृत्यु हुनेको संख्या ८ पुगेको छ । बुधबारमात्रै ९१ जना नयाँ संक्रमति थपिएका छन् ।

पाकिस्तानमा औषधी अभावका कारण संक्रमतिहरुको उपचारमा समस्या देखिएको मिडिया रिपोर्टमा उल्लेख छ । यही अवस्था रहे पाकिस्तानले ठुलो संकटको सामना गर्नुपर्ने बताइएको छ ।