बुटवल - कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिने जोखिम बढेपछि बुटवल उपमहानगरपालिकामा लकडाउन हुने भएको छ । नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले आज रातिदेखि भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो।

बैठकले बुटवलदेखि बाहिर जाने तथा बुटवल भित्रिनेहरुका लागि हिजोबाट २४ घण्टाको समय दिएर लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउनको अवधिमा राजमार्गमा चल्ने लामो दुरीका सवारीका साधनलाई भने सञ्चालन गर्न दिइने भएको छ ।