काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ । अनलाइनमार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारी पत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार नेपाल लाइफ इन्स्योरेन्समा बीमा गरेका बीमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाईल एप्स् तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सक्नेछन् ।

यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनै पनि जोन पोइन्ट मार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । यो सेवाबाट नेपाललाइफका २७ लाखभन्दा बढीको संख्यामा रहेका बीमितव्यक्तिहरू लाभान्वित हुनेछन् ।