काठमाडौं - आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालि र समृद्धि फाइनान्सवीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइएमई मोटर्सको तर्फबाट कम्पनीका निर्देशक सुमन पोखरेल र समृद्धि फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुरुप आइएमईमोटर्सबाट सिफारिस पाएका ग्राहकले समृद्धि फाइनान्सबाट योग्य व्यक्ति तथा संस्थालाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्नसम्बन्धी समझौतापत्रमा हस्ताक्षर भएको हो । सोही अनुरुप फाइनान्सको नीति अनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आइएमईमोटर्सद्वारा विक्री वितरण गरिएका मोडलका सबै सवारी साधन खरिद गर्नका लागि कम्तिमा खरिद मूल्यको ७० प्रतिशत सम्मको सहुलियत पूर्ण सवारी कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ ।

आइएमईमोटर्सको कमर्सियल गाडी खरिद गर्न चाहने खरिदकर्ताले समृद्धि फाइनान्सको जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । हेटौडा रहेको समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हेटौडा सहित नारायणघाट, काठमाडौंको पुतलीसडक, बुटवल र पोखरमा शाखा कार्यलयहरु रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।