काठमाडौं - आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित भएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गर्नका लागि गरेको प्रस्ताव बहुमतले पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरेका हुन् । उक्त विधेयक यही साउनबाट लागू हुनेछ ।
पारित हुनअघि उक्त विधेयकमाथि प्राप्त संशोधनमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री वाग्लले बजेट कार्यान्वयनमा सरकारले विशेष जोड दिने भन्दै पूँजीगत खर्च कम हुने अवस्थाको अन्त्य आगामी आर्थिक बर्षबाट हुने धारणा राखेका थिए ।
उनले सरकारले लगाएको करले न्यून आय भएका नागरिकलाई कुनै असर नपर्ने स्पष्ट पारेका थिए।
सौ सरकारले अर्थतन्त्र सुधारका लागि महत्वकांक्षी बजेट ल्याएकाले आगामी बर्षदेखि त्यसको सकारात्मक असर देखिने उनको भनाइ थियो ।

.gif)



