काठमाडौं - इस्लामिक जिहादी समूह आईएसआईएसका प्रवक्ता समेत मारिएका छन् । जिहादी समूहका प्रमुख अबु बकर अल बग्दादी मारिएको केही घण्टापछि उक्त समूहका प्रवक्ता समेत मारिएका हुन् ।

आईएआईएसका प्रवक्ता अबु हसन अल मुहाजिर उत्तरी सिरियामा मारिएका हुन् । मुहाजिर हवाइ आक्रमणमा मारिएको कुर्द लडाकुका एक वरिष्ट अधिकारले जनाएका हुन् ।

यसअघि कुर्द लडाकुका कमाण्डर मजलुम अब्दीले आईएसका प्रवक्तालाई लक्षित गरी हवाइ आक्रमण भएको बताएका थिए । कुर्दले उपलब्ध गराएको सूचनाका आधारमा अमेरिकी सेनाले मुहाजिर रहेको उत्तरी सिरियाको एइन अल बेदाहमा हवाइ हमला गरेको थियो ।

हमलामा मुहाजिरसहित ५ जना इस्लामिक लडाकु समेत मारिएका छन् । अमेरिकी सेनाले टर्की समर्थित विद्रोहीको नियन्त्रणमा रहेको उक्त गाँउमा हमला गरेको थियो । हमलामा एउटा पिकअप ट्रक र एक ठूलो ट्रकलाई लक्षित गरिएको थियो ।

शनिबार मात्रै अमेरिकी सेनाले गरेको विशेष कारबाहीमा आईएसका प्रमुख नेता बग्दादी मारिएका थिए । मुहाजिरलाई बग्दादीका दाहिने हात समेत मानिन्थ्यो ।